आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छन्। कास्की प्रहरीले पोखरा लेकसाइडस्थित एक होटलबाट वाइबालाई पक्राउ गरेको हो। साइबर क्राइमको मुद्दामा साइबर ब्युरोले पक्राउ पूर्जी पठाउँदै कास्की प्रहरीलाई पठाइदिन भनेको थियो।
कास्की प्रहरीले पक्राउ गरेर आजै विमानमार्फत काठमाडौँ पठाउने तयारी गरेको छ। वाइबाले एक महिलालाई सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोप छ।
ती महिलाले साइबर ब्युरोमा जाहेरी दिएपछि सोही मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको हो।
5.6k
Shares

प्रतिक्रिया