नेकपा एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुलिङ पिरियडमा छेडखानी हुनुमा जिम्मेवारीमा रहेका व्यक्तिहरूको गल्ती रहेको प्रतिवेदनले देखाएको बताएका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी भएको देखिएको बताए।
आगामी दिनमा त्यस किसिमका काम नहोस् भनेर प्रतिवेदनले सुझाव दिएको उनको भनाई थियो। परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरूले राजनीतिक र नैतिक रुपमा लिनुपर्ने जिम्मेवारीबारे स्पष्ट पारेको बताए। पदअनुकुलका व्यवहारहरु कर्मचारीबाट हुनुपर्ने पनि उनले बताए।
उनले भने, ‘प्रतिवेदनबाट विधायिकी काममा केही त्रुटी अवश्य भएको छ। आगामी दिनमा पनि नहोस् भनेर सुझाव दिनुभयो। परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरूले राजनीतिक र नैतिक रुपमा लिनुपर्ने जिम्मेवारीबारे स्पष्ट पार्न खोज्नुभएको छ। पदअनुकुलका व्यवहारहरु पनि कर्मचारीको तहबाट जसरी गर्नुपर्छ त्यसरी प्रतिवेदनले बोल्न खोजेको छ। व्यक्ति विशेषका नाामहरु नतोकिएको देखिए पनि परिभाषित जिम्मेवारीमा रहेका व्यक्तिहरूले आफूले गर्नुपर्ने दायित्व कसरी ध्यान दिनुपर्छ भन्ने पाटोलाई उजागर गरेको छ।’
संसदीय समितिले कानुन निर्माणमा होसियारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।
Shares

प्रतिक्रिया