समाज


सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

सनसिटीमा रहेका तीन सय जनाको र्‍यापिड टेस्ट सकियो, रिपोर्ट ४ बजे आउने

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ८:२६,

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा रहेका तीन सय जनाको कोरोना परीक्षण गरिएको छ। पहिलो चरणमा संक्रमित भेटिएका ‘ए’ ब्लकका २ सय ४२ जना र उनीहरुकोमा आउजाउ गरेका गरी जम्मा तीन सय जनाको र्‍यापिड टेस्ट गरिएको हो।

उनीहरुको रिपोर्ट आधिकारिक रुपमा केही समयपछि दिने स्वास्थ्य सेवा विभागले जनाएको छ। ‘रिपोर्ट पोजेटिभ आएको छैन भन्ने बुझेका छौं,’ अपार्टमेन्ट वेलफेयर सोसाइटीका एक सदस्यले नेपालखबरसँग भने। उनले आधिकारिक रिपोर्ट ४ बजेपछि मात्रै आउने बताए।

सनसिटी अपार्टमेन्टका ४ सय ८० फ्ल्याटमा एक हजार ८८ जना छन्। पहिलो चरणको रिपोर्टपछि अरुको परीक्षण के गर्ने भन्ने स्वास्थ्य सेवा विभागले निर्णय गर्नेछ।

बुधबार संक्रमिण भेटिएका परिवारको घरमा कार्यरत दुई जनाको पनि परीक्षण गरिएको छ।

सोमबार यहाँ रहेका तीन जनालाई कोरोना संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना गरिएको थियो। ती मध्य दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ रहेका सबैको कोरोना परीक्षण गर्ने सरकारले निर्णय गरेको थियो।

संक्रमित परिवारका तीन जना चैत ४ गते बेलायतबाट दोहा हुँदै काठमाडौं फर्किएका थिए।

उनीहरुसँगै कतार एयरलाइन्समा दोहाबाट फर्किएकाको पनि प्रहरीले खोजी सुरु गरेको छ। उक्त विमानमा १ सय ५३ जना फर्किएका थिए। सनसिटीमा अहिले आवतजावत पूर्णरुपमा बन्द गरिएको छ।

अपार्टमेन्टमा रहेका परिवारलाई खाद्य सामग्रीका लागि त्यही लगिदिने गरी ग्रोसरीसँग मिलेर व्यवस्था गरिएको छ । ग्रोसरीले नै सबै सामग्रीको प्याकेट ल्याएर गेटमा छाडिदिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad