समाज


आज बाढी : काभ्रेसहित ७ जिल्लामा ‘रेड’ र काठमाडौँलगायत ३५ वटामा ‘एल्लो अलर्ट’ जारी

आज बाढी : काभ्रेसहित ७ जिल्लामा ‘रेड’ र काठमाडौँलगायत ३५ वटामा ‘एल्लो अलर्ट’ जारी

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८२ मंगलबार ९:५८, काठमाडौँ

आज (साउन २०, मंगलबार) राजधानी काठमाडौँसहित देशका ४२ जिल्लाका खोला/नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। 

बाढी महाशाखाले आज बिहान बाढी मापन गर्दा कर्णाली र महाकाली नदीको बहाब सतर्कता आसपास रहेको छ र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिमराप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। 

जिल्लाका दृष्टिले आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना छ।

उल्लिखित सात जिल्लालाई बाढी महाशाखाले रातो रङ अर्थात् रेड अलर्टमा राखेको छ। 

यस्तै आज संखुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम, कपिलवस्तु, म्याग्दी, प्युठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम-पश्चिम, दैलेख, कालिकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।

साथै आज इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुँ, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको जानकारी बाढी महाशाखाले दिएको छ। 

महाशाखाले उल्लिखित ३५ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेको छ। 

हेर्नुहोस्, सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad