समाज


ट्रक पल्टिँदा सडकमा हिँड्दै गरेका गोठालाको मृत्यु, सहचालक घाइते

ट्रक पल्टिँदा सडकमा हिँड्दै गरेका गोठालाको मृत्यु, सहचालक घाइते

नेपालखबर
साउन २०, २०८२ मंगलबार १०:३०, उदयपुर

उदयपुरको उदयपुरगढी गाउँपालिका-७ मा पर्ने मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३-०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा गोठालोबाट घर फर्कँदै गरेका उदयपुर रौतामाई-७ का ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए। 

दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिञ्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad