समाज


कटारीमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, एकजना घाइते

कटारीमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, एकजना घाइते

नेपालखबर
साउन १९, २०८२ सोमबार १९:५१, कटारी (उदयपुर)

यहाँको उदयपुरगढी गाउँपालिका–०७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

आज अपराह्न काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०५६१ नम्बरको ट्रकले पैदल हिँडिरहेका रौतामाई गाउँपालिका–०७ निवासी ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट मगरको घटनास्थलमै मृत्यु भएको हो। अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकका सहचालक दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–४ निवासी ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। 

ट्रक चालक काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउत प्रहरीको नियन्त्रणमा रहेका छन्। मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad