समाज


तारकेश्वरका वडाध्यक्षको निधन

तारकेश्वरका वडाध्यक्षको निधन

नेपालखबर
साउन १९, २०८२ सोमबार १०:३, काठमाडौँ

नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष नारायण प्रसाद रिमालको निधन भएको छ।

४५ वर्षीय रिमालको सोमबार बिहान काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा निधन भएको तारकेश्वर गाउँपालिकाले जनाएको छ। 

गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले समस्या बनाएको थियो। नेकपा (एमाले) नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि विसं २०७४ को निर्वाचनमा वडा सदस्यमा विजयी भएका थिए। 

वडाध्यक्ष रिमालकाे निधनप्रति गाउँपालिकाले दुख व्यक्त्त गरेकाे छ।

साेमबार बिहान शोक वक्तव्य जारी गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारीले पालिकाको विकास, समन्वय र सेवा प्रवाहमा रिमालले पुर्‍याएको योगदानलाई सदैव सम्झिरहने उल्लेख गरेका छन्।

वक्तव्यमा रिमालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।

गाउँकार्यपालिले सोमबारको दिनलाई ‘शोक दिवस’ को रूपमा घोषणा गरिएको छ।

आज तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा दिइएको अध्यक्षा अधिकारीले बताए।

साथै आज सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad