समाज


गोरखाबाट चितवन जाँदै गरेको बस ऐनापहारानजिकै दुर्घटना

गोरखाबाट चितवन जाँदै गरेको बस ऐनापहारानजिकै दुर्घटना

नेपालखबर
साउन १८, २०८२ आइतबार १६:४६, काठमाडौँ

गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको बस तनहुँको आँबुखैरेनीनजिकैको ऐनापहरा क्षेत्रमा दुर्घटनामा परेको छ। 

ग २ ख १०७७  नम्बरको बस दुर्घटनामा परेको हो। अपराह्न ४ बजेतिर ऐनापहारानजिकै सडकबाट बस १५ मिटर तल खसेको हो। आँबुखैरेनी प्रहरी कार्यालयका अनुसार बस अहिले भिरमा अड्किएको छ। 

बसमा कतिजना सवार थिए भन्ने अझै एकिन भइसकेको छैन। प्रहरीका अनुसार बसमा सवारमध्ये ५ जनाको उद्धार गरिएको छ। ५ मध्ये २ जना गम्भीर घाइते भएको र उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। 

चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad