समाज


भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक अकरेभिरको हिलोमा फस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक अकरेभिरको हिलोमा फस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८२ शनिबार ७:५०, काठमाडौँ

ओखलढुंगाबाट भैँसी लिएर काठमाडौँ आउँदै गरेको ट्रक हिलोमा फस्दा सिन्धुलीमा मध्यपहाडी लोकमार्ग सडक अवरुद्ध भएको छ। 

शनिबार बिहान पौने पाँच बजेतिर गोलन्जोर गाउँपालिका- ६ अकरेभिरस्थित मध्य पहाडी लोकमार्गमा ट्रक फसेको हो। ओखलढुंगाबाट ११ वटा भैैसी लिएर काठमाडौँ आउँदै गरेको ना.७ ख ७८९० नम्बरको ६ चक्के ट्रक सडकको हिलो र लेदोमा फस्दा मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा ओखलढुंगा, खोटाङ, सोलुखुम्बुसहितका जिल्लाबाट काठमाडौँ र तराईतर्फ हिँडेका सानाठूला दर्जनौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हिलोमा फसेको ट्रक निकाल्ने पहल भइरहेको जनाएको छ। घटनास्थलमा अहिले अस्थायी प्रहरी पोस्ट हैवारवेँसीबाट प्रहरीहरु पुगेका छन्। 

त्यसैगरि गोलन्जोर-६ बलेनीमा पनि पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यो मार्ग हुँदै ओहोरदोहार गर्ने यात्रुको बिचल्ली भएको छ।

गएराति सिन्धुलीसहितका जिल्लामा अविरल वर्षा भएको छ। त्यस क्षेत्रमा अहिले पनि वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad