काठमाडौंमा लागुऔष खैरो हेराइनसहित एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंले खैरो हेरोइन जस्तो देखिने पदार्थ १०९.२२ ग्राम सहित सामाखुशी टाउनप्लानिङमा डेरा कोठा गरी बस्ने झापाको मेची नगरपालिका १०का वर्ष ३३ को शंकर राजवंशीलाई पक्राउ गरेको हो।
राजवंशीले लागुऔषध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले उनको कोठा चेकजाँच तथा खानतलासी गर्दा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १०९.२२ , डिजिटल तराजु थान–१, मोबाइल थान–९ र नेपाली नगद रु ८२ हजार ६३५ रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
राजवंशीमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।
159
Shares

प्रतिक्रिया