काभ्रेमा आज बिहान दुई स्कुटर आपसमा ठोकिँदा तीनजना घाइते भएका छन्।
शनिबार बिहान पौने आठ बजेतिर बीपी राजमार्गमा पर्ने नमोबुद्ध नगरपालिका २ बीसकिलो भन्ने ठाउँमा दुई स्कुटर आपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
नार्केबाट काठमाडौँतर्फ आउँदै गरेको बा. ६२ प ३५७८ नम्बरको स्कुटर र बिपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुटर आपसमा ठोकिएका हुन्।
दुर्घटनामा बा.प्र. ०३-०२-००७ प ८८०० नम्बरको स्कुतर चालक नमोबुद्ध न।पा।०२ बस्ने ४६ वर्षीय किशोर तिमल्सिना र उनका बुवा ७२ वर्षीय टंकप्रसाद शर्मा घाइते भएका हुन्। घाइतेमध्ये टंकप्रसादको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइते बावुछोराकै अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा बा.६२ प ३५७८ नम्बरको स्कुटर चालक दोलखाको मेलुङ गाउँपाकिका-३ घर भई हाल काभ्रेकै रोशी गाउँपालिका- ८ बस्ने २६ वर्षीय निमा तेम्बा थोकर पनि घाइते भएका छन्।
सामान्य घाइते उनलाई उपचारको लागि मेथिनकोट अस्पताल लगिएको छ। ठोकिँने दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा छन्। तीव्र गतिको कारण स्कुटर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
Shares

प्रतिक्रिया