समाज


रौतहटका संक्रमित युवा दिल्लीबाट ट्रक रिजर्भ गरेर ४० जनाको समूहमा आएका थिए

रौतहटका संक्रमित युवा दिल्लीबाट ट्रक रिजर्भ गरेर ४० जनाको समूहमा आएका थिए

यज्ञराज जोशी
बैशाख १, २०७७ सोमबार १५:३१,

रौतहटका कोरोना संक्रमित एक युवा लकडाउन अवधिमै भारतबाट ट्रक रिजर्भ गरेर आएको खुलेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार रौतहटका ती १९ वर्षे युवामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।

ईशनाथ नगरपालिका वडानम्बर ५ को क्वारेन्टिनमा रहेका ती युवा नेपाल र भारत दुवैतिर लकडाउन भएका आवस्थामा गाउँ पसेका थिए।

कोरोनाको संक्रमण फैलन नदिन नेपालले चैत्र ११ तथा भारतले चैत्र १२ गते लकडाउन गरेको थियो। संक्रमित युवाको भनाई उदृत गर्दै क्वारेन्टिनमा खटिएका ईशनाथ नगरपालिकाका स्वास्थ्य संयोजक इसराजुल खानले उनी दिल्लीबाट मोतिहारीसम्म ट्रकमा आएको र त्यहाँबाट हिँडेर नेपाल प्रवेश गरेको बताए।

‘दिल्लीबाट उनीहरु ४० जना ट्रक रिजर्भ गरी मोतिहारीसम्म आएका रहेछन्। त्यहाँबाट हिडेँर नेपाल प्रवेश गरेका रहेछन्,’ खानले नेपालखबरसँग भने।

मोतिहारीबाट चैत्र १६ गते साँझ गाउँबाट आधा किलोमिटर मात्रै टाढा रहेको चैनपुर सिमानाबाट उनी नेपाल पसेको खानले बताए।

‘सिमानामा खाली कुलोमात्रै छ। चैनपुर बोर्डरबाट जसरी पनि नेपाल पस्न सकिन्छ,’ खानले भने।

भारतबाट युवक गाउँ आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अर्को दिन विहान ती युवालाई जनता मावि औरैयाको क्वारेन्टिनमा राखिएको थियो।

भारतबाट आएको ट्रकका ४० जनामध्ये संक्रमित युवासहित ४ जना नेपाली रहेको खानले बताए। ती चार जनालाई पनि सोही क्वारेन्टिनमा राखिएको थियो।

तीन दिनअघि जनकपुरबाट आएको टोलीले उनीहरुको नमूना संकलन गरेको थियो। नमूना संकलनको नतिजा सोमबार आउँदा ती युवाको मात्रै पोजिटिभ आएको हो।

‘कसैलाई पनि कुनै लक्षण देखिएको थिएन। उनीसँग आएका ३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ,’ खानले भने, ‘उनलाई भने खै कसरी पोजिटिभ देखियो?’

उनलाई वीरगञ्ज वा जनकपुर लैजाने भन्ने जिल्ला सुरक्षा समितिले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शशीमोहन दासले बताए।

याे पनि: 

दिल्लीबाट लकडाउनकै बेला आएका थिए रौतहटका संक्रमित

रौतहटका १९ वर्षीय युवामा पनि कोरोना पुष्टि, संक्रमितको संख्या १४ पुग्यो
कैलालीकी ६५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ पुग्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .