समाज


कक्षा ११ र १२ मा काठमाडौँ महानगरको छात्रवृत्ति: पहिलो चरणमा ३३६१ विद्यार्थी छनोट (सूचीसहित)

कक्षा ११ र १२ मा काठमाडौँ महानगरको छात्रवृत्ति: पहिलो चरणमा ३३६१ विद्यार्थी छनोट (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८२ बुधबार ८:४०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा प्रदान गर्ने छात्रवृत्ति कोटाको पहिलो मनोनयन सूची सार्वजनिक गरेको छ। 

पहिलो चरणमा ३ हजार ३६१ विद्यार्थी छनोट भएका महानगरपालिकाले जनाएको छ। मनोनयन भएका विद्यार्थीले साउन ९ गते भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्ने महानगरको शिक्षा विभागले जनाएको छ।  

परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीलाई पहिलो चरणमा मनोनयन भएका विद्यार्थीले मिति २०८२।०४।०९ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यताक्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि मिति २०८२।०४।१० गतेपश्चात सूचना प्रकाशन गर्ने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले जानकारी दिए। 

शिक्षा विभागका अनुसार, २०८२/०४/०३ मा ५४ परीक्षा केन्द्रहरूमा सञ्चालित प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए।  तीमध्ये १०,८६७ जनाले न्यूनतम ४०% (४० अङ्क) प्राप्त गरी उत्तीर्ण भएका थिए। 

देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए।  प्रारम्भिक नतिजा २०८२/०४/०४ मा र समूहगत/विषयगत अन्तिम योग्यताक्रम २०८२/०४/०६ मा प्रकाशित भएको थियो। छात्र/छात्रा र कोटा सम्बन्धी विवरण संशोधन गरी 

मनोनयन सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताक्रमका आधारमा तयार गरिएको महानगरपालिकाले जनाएकाे छ।

साधारण कोटामा सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौँ महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ। आरक्षण कोटामा छात्रा, आदिवासी/जनजाति, मधेशी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, शहीद/बेपत्ता/द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन्। 

महानगरका विद्यालयहरूमा हाल सम्म ४ हजार ४९३ छात्रवृत्ति सिट उपलब्ध छन् । विद्यार्थीले आफ्नो रोल नम्बर, जन्म मिति र इमेल वा SMS मार्फत प्राप्त पासवर्ड प्रयोग गरी महानगरकाे वेवसाइटमा मनोनयन पत्र हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्ने छात्रवृत्ति परीक्षा समितिका सदस्य–सचिव रामचन्द्र खड्काले बताए।

मनोनयन भएका विद्यार्थीले २०८२/०४/०९ भित्र तोकिएको शिक्षण संस्थामा भर्ना हुनुपर्नेछ। भर्ना नभएमा उक्त कोटामा दोस्रो चरणको मनोनयन गरिनेछ, र पहिलो चरणमा मनोनयन भएकाले दाबी-विरोध गर्न पाउने छैनन्। विद्यार्थीलाई भर्ना म्यादबारे SMS र इमेलमार्फत जानकारी गराइने छ। शिक्षण  संस्थाहरूलाई यसमा लगइन गर्न युजरनेम र पासवर्ड प्रदान गरिनेछ। संस्थाले भर्ना भएको दिन अपडेट गर्नुपर्ने खड्काले बताए।

पहिलो चरणमा मनोनयन हुन नसकेका उत्तीर्ण विद्यार्थीलाई २०८२/०४/०९ पछि रिक्त सिटहरूमा योग्यताक्रमका आधारमा दोस्रो चरणको मनोनयनका लागि २०८२/०४/१० पश्चात् सूचना प्रकाशन गरिने शिक्षा विभागले जनाएकाे छ। 

परीक्षामा उत्तीर्ण भई पहिलो चरणमा मनोनयन हुन नसकेका परीक्षार्थीहरुलाई पहिलो चरणमा मनोनयन भएका विद्यार्थीले मिति २०८२।०४।०९ गतेसम्ममा भर्ना नभई रिक्त रहेका सिटसमेतमा योग्यताक्रमकै आधारमा दोस्रो चरणमा मनोनयनका लागि मिति २०८२।०४।१० गतेपश्चात सूचना प्रकाशन गर्ने शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञावालीले जानकारी दिए। 

हेर्नुहोस् ३३६१ विद्यार्थीको सूची 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad