समाज


जुवाको खालबाट ८५ हजार रुपैयाँसहित पाँचजना पक्राउ

जुवाको खालबाट ८५ हजार रुपैयाँसहित पाँचजना पक्राउ

नेपालखबर
साउन ४, २०८२ आइतबार १४:५४, काठमाडौँ

काठमाडौँ महानगरपालिका ३१ भुपिशेरचन्द मार्ग स्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले विशेष सूचनाको आधारमा जुवा तास खेलिरहेको अवस्थामा ८५ हजार ६ सय २० रुपैयाँसहित ५ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ३१ भुपिशेरचन्द मार्ग बस्ने वर्ष ६३ की साबित्रा श्रेष्ठ, मोरङ विराटनगर घर भइ ललितपुर नगरपालिका ९ मङ्गलबजार बस्ने वर्ष ५८ को लीला श्रेष्ठ, काठमाडौँ महानगरपालिका २० चिकमङल बस्ने वर्ष ६७ को विष्णु नाथ ढुंगाना, चितवनको भरतपुर नगरपालिका घर भइ ललितपुर बिनायक कोलोनि बस्ने वर्ष ५७ की आशा श्रेष्ठ र मोरङको विराटनगर महानगरपालिका १० घर भएका वर्ष ४३ को बिपुल श्रेष्ठ रहेका छन्।

साउन २ गते अपरान्ह प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट रु. ८५ हजार ६२० रुपैयाँ नगद र ६ थान तास बुकसहित उनीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँ का प्रवक्ता एसपी अपीलराज बोहराले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad