कारोबार


प्रो होन्डा जेन्युन इन्जिन आयल नेपालमा

प्रो होन्डा जेन्युन इन्जिन आयल नेपालमा

नेपालखबर
साउन ४, २०८२ आइतबार १४:५४, काठमाडौँ

नेपालमा प्रो होन्डा जेन्युन इन्जिन आयललाई नयाँ ग्लोबल होन्डा ब्रान्डको रुपमा भित्र्याई बिक्री वितरण सुरु भएको छ।

स्याकार ट्रेडिङ प्रालिले उक्त आयल नेपाल भित्र्याएको हो।

कम्पनीका अनुसार प्रो होन्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदुषण कम गर्न मद्दत पुगोस् भनेर तयार गरिएको छ। यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ। यति मात्र होइन, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पार्टपुर्जाहरूलाई खियाबाट जोगाउँछ र समग्रमा इन्जिनको आयु अझ बढाउँछ।

स्याकार ट्रेडिङ कम्पनीका अनुसार प्रो होन्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारीधनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ। इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होन्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको छ।

प्रो होन्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र अन्तमा होन्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन्।

यस नयाँ र गुणस्तरीय उत्पादनको लन्च संगै होन्डाले नेपालका सवारी साधन धनीहरुलाई उत्कृष्ट आयलको अनुभब प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दाहोर्‍याएको छ ।

प्रो होन्डा आयलले नेपाली बजारमा सवारी साधनको इन्जिनमा सुधार ल्याउने र ग्राहकहरुको विश्वास जित्ने अपेक्षा गरिएको छ।

स्याकार ट्रेडिङ कम्पनी प्राइभेट लिमिटेड नेपालमा होन्डा मोटर कम्पनीको विगत ५५ वर्ष अघिदेखि आधिकारिक वितरक हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad