समाज


नेपाल-भारत गृहसचिवस्तरीय संयन्त्रको बैठक ९ वर्षपछि दिल्लीमा बस्दै

नेपाल-भारत गृहसचिवस्तरीय संयन्त्रको बैठक ९ वर्षपछि दिल्लीमा बस्दै

नेपालखबर
साउन ४, २०८२ आइतबार १५:११, काठमाडौँ

९ वर्षपछि पहिलोपटक नेपाल–भारत गृहसचिवस्तरीय संयन्त्रको बैठक बस्ने भएको छ। संयन्त्रको बैठक पछिल्लोपटक सन् २०१६ मा बसेको थियो।

भारतको नयाँ दिल्लीमा मंगलबार र बुधबारगरि दुई दिनसम्म चल्ने बैठकमा सीमा अपराध, सीमा व्यवस्थापन, सीमा स्तम्भको मर्मत, लागूपदार्थ, मानव तस्करी, सीमा क्षेत्रमा संयुक्त गस्ती र निगरानी लगायतका विषयमा छलफ हुनेछ।

गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वको १२ सदस्यीय नेपाली टोलीमा नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआइजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका एआइजी टेकेन्द्र कार्की, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी लगायत सहभागी हुँदै छन्। 

राष्ट्रियसभाको संघीयता तथा राष्ट्रिय सरोकार समिति बैठकमा संयन्त्रको बैठकबारे जानकारी गराउँदै गृहमन्त्री रमेश लेखकले भारतसँग सीमा सम्बन्धी विषयमा औपचारिक छलफल गर्न लागेको जानकारी दिए थिए। ‘मित्रराष्ट्र भारतसँग गृह मन्त्रालयका सचिवजीको नेतृत्वमा दुवै देश, नेपाल र भारतका गृहसचिवहरूको गृहसचिवस्तरीय मिटिङहरू हुने प्रावधान छ,’ उनले भने, ‘जसको झन्डै ९ वर्षयता हुन सकेको थिएन। अहिले हामीले अब चाँडै त्यो मिटिङको तयारी गरेका छौँ।’

संयन्त्र बैठकमा भारतले भारतले सीमा आतंकवाद, शंकास्पद गतिविधि लगायतको विषय उठाउन सक्ने ठानिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad