साइबर क्राइम (विद्युतीय अपराध) का दुईवटा मुद्दामा दुर्गा प्रसाईँले सफाइ पाएका छन्।
जिल्ला अदालत काठमाडौँले असार ३२ गते प्रसाईँविरुद्धका दुवै अभियोगमा दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो।
जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले युवा संघका रोशन सुवेदी र राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला भन्ने टीका संग्रौलाको जाहेरीमा रहेर साइबर ब्युरोले दायर गरेको मुद्दा खारेज गरिदिएको हो।
आफूविरुद्ध सामाजिक सञ्जालमार्फत जथाभावी बोलेर प्रसाईँले साइबर क्राइम गरेको संग्रौलाको आरोप थियो। उक्त आरोपमा प्रहरीको साइबर ब्युरोको अनुसन्धानपछि २०८१ असोज १४ गते अदालतमा मुद्दा दायर भएको थियो।
प्रसाईँ भने चैत १५ गते राजवादीका नाममा गरिएको तीनकुनेको हिंसात्मक प्रदर्शनको अगुवाइ गरेको अभियोगमा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।
Shares

प्रतिक्रिया