तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका कारण हराइरहेका मानिसहरूको सुरक्षार्कीले खोजी जारी राखेका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयले बाढीमा बेपत्ता भएकाहरूको रसुवादेखि चितवनका विभिन्न स्थानसम्म खोजी जारी राखेका हुन्।
घटना भएको नवौँ दिन आज (असार ३२ गते) पनि सुरक्षाकर्मीहरूले भोटेकोसीको बाढीले ल्याएको लेदो खनेर मानव शरीरको खोजी गरे।
तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका कारण ११ जनाको मृत्यु भएको थियो भने १९ जना अझै बेपत्ता छन्।
बाढीमा परेर रसुवाबाट हराइरहेका एक जना प्रहरी (असई) लालबहादुर श्रेष्ठको शव पहिचान भएपछि अन्त्येष्टि गरिएको तर अरुको पहिचान नहुँदा अन्त्येष्टि गर्न सकिएको छैन। शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।
उक्त बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। बेपत्ताहरूको खोजी अहिले पनि जारी रहेको प्रहरीले जनाएको छ।
टिमुरेस्थित भन्सार ‘यार्ड’मा राति बाढी पस्दा ४० वटा मालवाहक डिब्बा बगाएको थियो।














Shares

प्रतिक्रिया