सरकारले साउन महिनालाई डेंगी सचेतना महिना घोषणा गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार बिहान कार्यक्रम आयोजना गरी लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संकमणबारे जनचेनता फैलाउन साउन महिना रोजेको हो।
यस क्रममा मन्त्रालयले यस वर्ष ६० हजारभन्दा बढी नागरिकलाई डेंगी संक्रमण हुन सक्ने अनुमान पनि गरेको छ।
सरकारले डेंगीविरुद्ध सचेतना स्थानीय तहहरूसँग मिलेर गर्ने बताएको छ।
डेंगी संक्रमण साउनदेखि कात्तिकसम्म देखिने भएकाले साउनको सुरुवातदेखि नै यसविरुद्ध सचेतना फैलाउन लागिएको हो।
सचेतना अभियानको नेतृत्व इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले गर्ने जनाइएको छ।
सरकारले साउन महिनाको प्रत्येक शुक्रवार डेंगुको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने जनाएको छ।
सरकारी अधिकारीहरुको सहभागिका गरिने सफाई अभियानमार्फत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा संगठित संस्थाहरुमा सरसफाई तथा लामखुट्टे प्रजनन स्थलहरुको खोजी र नष्ट गर्ने कार्य गर्ने जनाएको छ।
मन्त्रालयले चालु आर्थिक बर्षमा डेंगी नियन्त्रण गर्न १ करोड २० लाख ८४ हजार रकम विनियोजन गरेको थियो। डेंगी बढी देखिएको ४१० स्थानीय तहमा थप ४ करोड ६५ लाख ९३ हजार रकम दिएको थियो।
एडिस जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेंगी संक्रमण सन् २०१९ देखि बर्षेनी लगातार देखिने गरेको छ।

Shares

प्रतिक्रिया