सिन्धुलीको सिन्धुलीमाढी र आसपास क्षेत्रमा भारी वर्षा भएकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
भारी वर्षाका कारण लवदहालगायत खोलामा बाढी आउने सम्भावना देखिएको हो।
बाढी महाशाखाले सोमबार बेलुका ५:५० बजे चेतावनी जारी गरी भनेको छ : पछिल्लो १ घण्टामा सिन्धुली जिल्लास्थित सिन्धुलीमाडी वर्षामापन केन्द्र तथा आसपासको क्षेत्रमा भारी वर्षामापन छ। सो क्षेत्र भएर बहने लवदहा खोला लगायत अन्य साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने हुँदा नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाउनुहुन अनुरोध छ।
885
Shares

प्रतिक्रिया