ad ad

समाज


दुई जनालाई कोरोना पोजेटिभ देखिएको बागलुङमा द्रूत परीक्षण गरिँदै, ५०५ को परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ

दुई जनालाई कोरोना पोजेटिभ देखिएको बागलुङमा द्रूत परीक्षण गरिँदै, ५०५ को परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ

थम्मन थापा
चैत ३०, २०७६ आइतबार ८:४९,

दुई जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको बागलुङमा शनिबार मात्रै ३ सय ९७ जनामा द्रूत परीक्षण (र्‍यापिड टेस्ट) गरिएको छ।

जिल्लाका चार स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा द्रूत परीक्षण गरेको हो।

विदेशबाट आएका बागलुङ नगरपालिकाका ९१ जना, बडिगाड गाउँपालिकाका १ सय १४ जना, निसीखोला गाउँपालिका १ सय १५ र ढोरपाटन नगरपालिकाका ७७ जनाका द्रूत परीक्षण गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।

जिल्लाभरमा कोरोना संक्रमितसँग सम्पर्क भएका र विदेशबाट आएकाहरु गरेर ९ सय ३८ जनाको र्‍यापिड डाइगोनोस्टिक टेस्ट गरिनेछ।

बागलुङमा बिहिबारदेखि दूत परीक्षण सुरु गरिएको थियो। हालसम्म ५ सय ५ जनाको स्वास्थ्य परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

पहिलो दिन १२, दोस्रो दिन ९४ र तेस्रो दिन ३९७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण गर्नेमा बागलुङ नगरपालिकामा १ सय ९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिका ८६, निसीखोला गाउँपालिकामा १ सय ३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १ सय ६१, गलकोट नगरपालिकामा १ सय २८ र ताराखोला गाउँपालिकामा ३३ जना छन्।

स्वास्थ्य मन्त्रालयले द्रूत परीक्षणका लागि प्रयोग जिल्लामा १ हजार थान आरबीटी किट पठाएको छ। बागलुङमा भेटिएका बानपा ४ का १९ वर्षीया युवती र बानपा ३ का ६५ वर्षीय महिलाको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचार भइरहेको छ।

आइतबार नगरपालिकामा द्रूत परीक्षण सञ्चालन भइरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .