समाज


मानव सेवा आश्रममा प्रचण्ड: आश्रितसँगै बसेर खाना खाए (तस्बिरहरू)

मानव सेवा आश्रममा प्रचण्ड: आश्रितसँगै बसेर खाना खाए (तस्बिरहरू)

नेपालखबर
असार २७, २०८२ शुक्रबार १२:३७, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहान काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रममा गएका छन्। 

पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा प्रचण्ड मानव आश्रमका आश्रितलाई खाना खुवाउन त्यहाँ गएका हुन्।

त्यसक्रममा उनले आश्रितहरुसँग आत्मीय भेटघाट गर्नुका साथै उनीहरुसँगै बसेर खाना खाएका उनको सचिवालयले जनाएको छ। 

आफू प्रधानमन्त्री भएको बेला हेटौँडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै प्रचण्डले मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालनमा रहेका संस्थाहरूको काममा साथ र सहयोग पुर्याउने पनि बताए।

‘मानवीय सेवामा आधारित यस्ता कार्यले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन्,’ प्रचण्डले भने। 

हेर्नुहाेस् थप तस्बिर

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad