समाज


वैदेशिक रोजगार व्यवसायीले समाचार हटाउन धम्की दिएकोप्रति महासंघको आपत्ति

वैदेशिक रोजगार व्यवसायीले समाचार हटाउन धम्की दिएकोप्रति महासंघको आपत्ति

नेपालखबर
असार २६, २०८२ बिहिबार २१:२५, काठमाडौँ

वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र डटकमका समाचार संयोजक रमेश भारतीलाई प्रकाशित समाचार हटाउन धम्की दिएकोमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

अनलाइनमा ‘संघका अध्यक्ष गुरुङ नै मानव तस्करीमा, बुल्गेरिया पठाउँछु भन्दै २ युवतीसँग साढे २९ लाख ठगी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो।

सोही निहुँमा भारतीलाई धम्की दिनुका साथै अनलाइनविरुद्ध फेसबुक पेज रिपोर्ट र सामाजिक वहिष्कारको अभियान चलाएको महासंघ उपत्यका प्रदेश समितिले जनाएको छ।

यस प्रकारले धम्क्याउने र मिडिया विरुद्ध अभियान चलाउने घटनालाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको रुपमा लिएको महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत जनाएका छन्।

महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन र यस्ता हर्कत दोहोरिन नदिन विशेष कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad