समाज


सात युवा दलित महिलालाई जस्ट फ्युचर्स पहल फेलोसिप

सात युवा दलित महिलालाई जस्ट फ्युचर्स पहल फेलोसिप

नेपालखबर
असार २६, २०८२ बिहिबार १६:५८, काठमाडौँ

जस्ट फ्युचर्स पहलले  बागमती प्रदेशका सातजना युवा दलित महिलालाई जस्ट फ्युचर्स फेलोसिप (बहिन–वृत्ति) प्रदान गर्ने निर्णय गरेको छ। सरिना द्योला,  मंजिता परियार,  प्रमिला बिक,  कंचन कटुवाल,  राधिका रोका, मनिका विश्वकर्मा र संगीता मिजारलाई एक वर्षे फेलोसिप प्रदान गरिएको हो।

आवेदन दिएका २०१ जनामध्ये सर्ट लिस्टमा परेका १६ बीच गराई ७ जनालाई छानिएको जस्ट फ्युचर्स पहलकी कार्यकारी निर्देशक सोना खटिकले जनाएकी छन्।

फेलोसिप पाएकाहरूले पहिले आफ्ना व्यक्तिगत र सामाजिक जीवनका भोगाइबारे अध्ययन गर्नेछन् अनि जात, वर्ग, लैंगिकता र यौनिकताबारे बुनिएका भाष्य, ज्ञान र कल्पनाबारे समालोचनात्मक रुपले वैचारिक मन्थन गर्नेछन्। दलित महिलाको नजरबाट ज्ञान उत्पादनलाई गहन र व्यापक बनाउने लक्ष्य फेलोसिपले लिएको छ। 

दलित महिलाहरुका माया, खुसी, भोगाइ, क्षमता एवं आकांक्षालाई केन्द्रमा राखेर सघन रुपले सञ्चालन गरिने यस फेलोसिपमा फ्याकल्टीका रुपमा देशभित्र र बाहिरका बौद्धिक र चिन्तकहरुको सहभागिता रहने खटिकले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad