समाज


भोटेकोसी बाढी: ७ जनाको शव भेटियो

भोटेकोसी बाढी: ७ जनाको शव भेटियो

नेपालखबर
असार २४, २०८२ मंगलबार १६:४१, काठमाडौँ

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।  

हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्। उद्धार कार्य जारी रहेको र अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका (१, २, ३), आमाछोदिङ्मो गाउँपालिका (१, २, ४, ५), उत्तरगया गाउँपालिका (२, ४, ५), र कालिका गाउँपालिका १ रहेका छन्।

बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ। त्यस्तै ईभी चार्जिङ स्टेशन पूर्ण रुपमा ध्वस्त भएको छ। भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ। रसुवागढी हाइड्रोपावरको ड्याम क्षतिग्रस्त छ।
 

त्यस्तै गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ। उक्त सडकखण्ड चर्किएको र धुन्चेदेखि टिमुरेसम्म सवारी आवागामन ठप्प रहेको पनि प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad