समाज


दुई वर्षमा १५ लाखभन्दा बढी बेरोजगार सूचीकृत

दुई वर्षमा १५ लाखभन्दा बढी बेरोजगार सूचीकृत

फाइल तस्बिर


नेपालखबर
असार २४, २०८२ मंगलबार १५:४९, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले २ वर्षमा देशभरका करिब १५ लाख बेरोजगार सूचीकृत भएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको मौखिक जवाफ दिँदै उनले आर्थिक वर्ष २०८/८२ मा ७ लाख ९७ हजार ७२५ जना र आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएको जानकारी दिए।

‘न्यूनतम रोजगार चाहाने बेरोजगार व्यक्तिले प्रत्येक वर्षको फागुन महिनामा अगाी आर्थिक वर्षको लागि सूचीमा सूचीकृत हुन निवेदन दिनुपर्ने  रोजगारीको हकसम्बन्धी नियमावली २०७६ को प्रावधानअनुरुप आर्थिक वर्ष २०८१/८२ का लागि ७ लाख ९७ हजार ७ सय २५ जना र आर्थिक वर्ष २०८२/८३को लागि ७ लाख ४५ हजार ४ सय ३५ जना सुचीकृत भएका छन्,’ भण्डारीले भने।

उनले राष्ट्रिय रोजगार सम्मेलनमार्फत १६ बुँदे घोषणा पनि गरिएको उल्लेख गर्दै त्यसले मुलुकमा  रोजगारी सृजना र बेरोजगार जनशक्तिको क्षमताअनुसार अवसर उपलब्ध गराउने नीति अघि सारेको पनि दाबी गरे।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad