ad ad

समाज


एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने तीन पक्राउ

एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने तीन पक्राउ

नेपालखबर
चैत २९, २०७६ शनिबार ३:५०,

चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

भरतपुर महानगरपालिका-२ जुनहल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

एम्बुलेन्समार्फत लागुऔषध ओसारपसारमा संलग्न विनोद रानामगर र प्रवीण घर्तीको बयानको आधारमा लागुऔषधको माग गर्ने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको कोइरालाले बताए।

रानामगर र घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए। बिरामी लिई बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतपुर आँखा अस्पताल अगाडि बोलाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विनोद रानामगर बिरामी भएको बहानामा बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना झरी गएकामा केही समयमा आई यहाँबाट बिरामी लैजान नपर्ने भयो भन्दै फर्किएका थिए। पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ।

यस्तै भरतपुर महानगरपालिका-२४ जगतपुरबाट तीन जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भरतपुर-२५ शुक्रनगरका ४५ वर्षीय धनमाया भनिने सानुमाया मगर, भरतपुर-२४ जगतपुरका १९ वर्षीय प्रदीप विक, सोही ठाउँका ५७ वर्षीय पदमबहादुर तामाङ रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध चार किलो ९३६ ग्राम र कारोवारमा प्रयोग गरिएको प्रदेश २-०३-००५प६६८१ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .