समाज


आज काठमाडौँसहित २५ जिल्लामा बाढीको जोखिम, ‘एल्लो अलर्ट’ जारी

आज काठमाडौँसहित २५ जिल्लामा बाढीको जोखिम, ‘एल्लो अलर्ट’ जारी

नेपालखबर
असार २२, २०८२ आइतबार ११:३५, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २२, आइतबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज बिहान बाढी मापन गर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तल छ। तर नारायणी, कर्णाली जलाधारका केही जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा छ। 

जिल्लाका दृष्टिले आज कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, सुर्खेट, सल्यान, रोल्पा, प्याठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च देखिएको बाढी महाशाखाले जनाएको छ।

सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, पाल्पा र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहेकाले उक्त नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

बाढी महाशाखाले उल्लिखित २५ जिल्लालाई पहेँलो रङ अर्थात् ‘एल्लो अलर्ट’ दिएको छ। 

हेर्नुहोस् बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad