समाज


तमोर नदीमा बगेर एकजना बेपत्ता

तमोर नदीमा बगेर एकजना बेपत्ता

नेपालखबर
असार १६, २०८२ सोमबार १७:५४, काठमाडौँ

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला–३ निवासी २५ वर्षीय लाक्पा शेर्पा आज दिउँसो साढे १२ बजे फुङ्लिङ नगरपालिका–१ स्थित तमोर नदीमा नुहाउने क्रममा बगाएर बेपत्ता भएका हुन्।

बेपत्ता शेर्पा सेवालुङ क्रसरमा ट्याक्टर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। घटनापछि खोजतलासका लागि दोभान प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक ओमनारायण श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad