समाज


रौतहटमा मस्जिदको भिड हटाउन गएका प्रहरीमाथि हातपात, तीन युवा पक्राउ

रौतहटमा मस्जिदको भिड हटाउन गएका प्रहरीमाथि हातपात, तीन युवा पक्राउ

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ५:३१,

मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भिडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ।

मस्दिजमा एकै ठाँउमा सयौँको संख्यामा मुस्लिम समूदायका मानिस जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर युवाहरुले हातपात गरेका हुन्।

बिहीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए। प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उल्लंघन नगर्न र भिड गर्दा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहरुले उनीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेसक्याम्पबाट ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनपछि अवस्था सामान्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए।

प्रहरीमाथि हातपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले बताए।

अभियोग लागेका तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .