समाज


राशिफल १६ असार : कर्कटले दाम कमाउने, वृश्चिकको दिन भाग्यशाली, तपाईँको कस्तो?

राशिफल १६ असार : कर्कटले दाम कमाउने, वृश्चिकको दिन भाग्यशाली, तपाईँको कस्तो?

ज्यो. मेनुका दाहाल
असार १६, २०८२ सोमबार ४:९, काठमाडौँ

आज सोमबार, १६ असार २०८२ (३० जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: दैनिक कार्यमा सफलता मिल्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। इच्छा-आकाङ्क्षा पूर्ण हुनेछन्। बन्दव्यापार र पेसा व्यवसायको क्षेत्रबाट राम्रै लाभ हुने देखिन्छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ४६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: मनमा निराशा र शरीरमा आलस्य छाउला। बेला-बेलामा मनमा चिन्ता, दुविधा, अशान्ति तथा चञ्चलता छाउन सक्छ। परिवारका लागि धेरै समय दिन पाइने छैन। साँझमा राम्रो समाचार सुन्नमा आउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। निलो रङको प्रयोग नगर्ने।

मिथुन: पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउनेछ। धार्मिक कृत्यमा सहभागिताको अवसर मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सेयर बजारमा गरेको लगानीले राम्रै लाभ दिनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६८, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

कर्कट: दैनिक कार्यमा प्रगति हुनेछ। कार्य सम्पादन सहज रूपले हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। स्थान परिवर्तनको योग देखिन्छ। पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ। आम्दानी बढ्नेछ। उठ्नुपर्ने रकम पनि हातलागी होला। प्रेम जीवनमा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ६२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कन्या: लाभहानि, आयव्यय, सुखदुःख, बराबरी हुने खालको दिन छ। सामाजिक कार्यमा मन जाला। कुटनीतिक नियोगको सहयोग मिल्ला। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

तुला: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ६२, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।

वृश्चिक: दिन भाग्यशाली भएर देखा पर्नेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। आफन्तको प्रगतिमा मन रमाउला। चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ। रमणीय र सुखद यात्राको योग छ। सेयर बजारले साथ दिनेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: राजनीतिक कार्यमा ख्याति कमाउने बेला छ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। प्रेम जीवन सबल र सफल रहनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

मकर: घर व्यवहारमा झमेला होला। समय व्यवस्थापन गर्न गाह्रो पर्नेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। आहारविहारमा सावधानी अपनाउनुपर्नेछ। फजुल खर्चले चिन्ता बढाउनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३९, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सहयोगी हात अघि बढ्लान्। रमाइलो यात्राको योग छ। दिनको उत्तरार्ध सुखद रहनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: कुनै कुराले मनमा शान्ति छाउनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। रमाइलो यात्राको योग छ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad