ad ad

समाज


राजमार्गमा लकडाउन पूर्ण पालना

राजमार्गमा लकडाउन पूर्ण पालना

नेपालखबर
चैत २७, २०७६ बिहिबार १२:५५,

काठमाडौंको नागढुंगादेखि चितवनको मुग्लिङसम्मको पृथ्वी राजमार्ग सडक खण्डमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ।

राजधानी काठमाडौंमा दैनिक हजारौंको संख्यामा लकडाउन उलङ्घन गर्नेहरु पक्राउ परिरहँदा पृथ्वी राजमार्ग भने सुनसान देखिन्छ। सडकमा कुनैपनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै, मानिसहरु पनि हिंडडुल गरेको देखिँदैन। सडकमा अत्यावस्यक सामग्री ढुवानी गर्ने साधनहरु बाहेक अन्य कुनैपनि साधानहरु देखिदैनन।

एलपी ग्यास बुलेट गाडीहरु फ्याट्टफुट्ट देख्न सकिन्छ। त्यस्तै खाद्यान्न, तरकारी बोकेका ढुवानीका साधनहरु सहजै सञ्चालनमा आएका छन्। अत्यन्त व्यस्त रहने नौबिसे, धादिङ, मलेखु, लगायतका बजार सुनसान छन्। राजमार्गमा रहेका होटल व्यवसायहरु पूर्ण रुपमा बन्द छन्। यस्तै पसलहरु पनि बन्द छन्।

सामाजिक दुरी कायम गर्दै प्रहरीले ठाउँठाउँमा सुरक्षा व्यवस्थालाई कडाई गरेको छ। सामान्य अवस्थामा निकै व्यस्त रहने मनकामना केबलकार पनि बन्द छ। लकडाउन सुरु भएदेखिनै केबलकार बन्द रहेको छ। निकै व्यस्त रहने मुग्लिङ बजार पनि पूर्ण रुपमा बन्द रहेको छ। मुग्लिनमा सञ्चालित कुनैपनि होटल पसल तथा बिभिन्न सेवा कार्यालयहरु खुुलेका छैनन्।

राजमार्गमा ठाउँठाउँमा अस्थाई स्वास्थ्य शिविर स्थापना गरिएको छ। अत्यावस्यक सवारी साधन र ढुवानीका साधनमा यात्रा गर्ने व्यक्तिहरुलाई चेकजाँच गर्ने कार्यलाई प्रहरीले कडाई गरेको छ। मुग्लिङदेखि पोखरा जाने सडक खण्ड पनि सुनसान छ।

तनहुँको डुम्रेमा पनि लकडाउनको पूर्ण पालना भएको देखिन्छ। सबै पसलहरु पूर्ण रुपमा बन्द भएका छन्। यस्तै अत्यावस्यक वस्तुहरु विक्री हुने पसल अगाडि समाजिक दुरी कायम गर्न लगाइएका चिन्हहरु देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .