समाज


कृषि मन्त्री नै भन्छन्– मलको हाहाकार छ, हुन्छ

कृषि मन्त्री नै भन्छन्– मलको हाहाकार छ, हुन्छ

नेपालखबर
असार १२, २०८२ बिहिबार १४:१६, काठमाडौँ

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन्। नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवद्धन कार्यक्रममा बोल्दै उनले मलको हाहाकार रहेको र भइरहने पनि बताए। 

वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको मन्त्री अधिकारीले बताए। बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्‍याउनसक्ने स्थिति नरहेको उनको भनाइ छ।

‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भएपनि हुन्छ,’ मन्त्री अधिकारीले भने,  ‘गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो। जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन। बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ। एक चौथाई मलले हामीले कसरी किसानलाई समयमा पुर्‍याउनसक्छौँ। सम्भावनै छैन। तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नैपर्छ।’

मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बिमा लगायतका धेरै समस्याहरु रहेको बताए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad