चिनियाँ भूभाग तिब्ब्ततर्फ भारी वर्षा भइरहेकाले रसुवास्थित नदी तथा खोलाको किनारमा बस्ने स्थानीय बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिब्बततर्फका चिनियाँ समकक्षीले केरुङ आसपासका भूभागमा भारी वर्षा भइरहेको भनी सजगकता अपनाउन अनुरोध गरेको र तिब्बत हुँदै नेपालतर्फ बग्ने केरुङ र ल्हेन्दे खोला मिसिएपछि भोटेकोसीका रुपमा परिचित नदीको पानीको बहाव अहिले बढिरहेकाले सचेत र सजग भइदिन स्थानीय बासिन्दासमक्ष अनुरोध गरिएको स्पष्ट गरे।
यसैगरी मौसमविद्ले पनि हिमाली जिल्ला रसुवालगायत आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भनी जानकारी गराइरहेको सन्दर्भमा सम्भावित जोखिमबाट बच्ने उपाय अपनाउन विशेषगरी स्थानीय नदी तथा खोलातटका बासिन्दासँग अनुरोध गरिएको स्थानीय प्रशासनले जनाएको छ। रासस
219
Shares

प्रतिक्रिया