समाज


माधव नेपालको थुनछेक बहसमा न्यायाधीश र शम्भु थापाको सवाल-जवाफ

माधव नेपालको थुनछेक बहसमा न्यायाधीश र शम्भु थापाको सवाल-जवाफ

नेपालखबर
असार ११, २०८२ बुधबार १७:५८, काठमाडौँ

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा जारी थुनछेक बहसमा न्यायाधीश र अधिवक्ताबीच सवाल जवाफ चलेको छ। 

वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट बहस गरेपछि नेपाल पक्षबाट बहसमा उत्रिएका अर्का वरिष्ठ अधिवक्ता शम्भु थापाले त्यसको आलोचना गरे।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा जारी बहसमा शम्भु थापाको भनाइ थियो– 'सुशील पन्तले अख्तियारबाट बहस सुरु गर्नुभयो। उहाँ वरिष्ठ अधिवक्ता हो, सरकारी वकिल होइन।'

यहीबाटै यो मुद्दा व्यक्तिले चलाएको प्रष्ट हुने थापाको भनाइ छ। उनले भने, ‘यो व्यक्तिले चलाएको मुद्दा हो भन्ने पुष्टि भयो।’

त्यसपछि इजालासका न्यायाधीशले त्यसलाई व्यक्तिगत कुरा भन्दै विषयमा आउन आग्रह गरे।

न्यायाधीशको भनाइ थियो– 'व्यक्तिगत कुरामा नजाऔँ। आक्षेपको कुरा भयो। विषयमा आउनुहोस्।'

तर, शम्भुले आफ्नो मत छाडेनन्। उनले भने– 'विषय नै यही हो।'

नेपालविरुद्धको थुनछेक बसहमा सरकारी पक्षबाट ४ जनाले बहस गरेपछि अहिले नेपाल पक्षका वकिलले बहस थालेका छन्।

थापापछि हरिहर दाहाले बहस सुरु गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad