समाज


परमाणु सम्झौता तोड्दै इरानद्वारा युरिनियम उत्पादन बढाउने घोषणा

परमाणु सम्झौता तोड्दै इरानद्वारा युरिनियम उत्पादन बढाउने घोषणा

नेपालखबर
असार २२, २०७६ आइतबार ८:३४,

कार्यकारी विदेशमन्त्री अब्बास अराक्चीले सन् २०१५ को परमाणु सम्झौता आफू मान्न तयार भए पनि युरोपेली देश आफैं उक्त सम्झौताबाट पर भागेको आरोप लगाए।

अब्बासले आइतबार इरानले युरिनियम उत्पादन बढाउने घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ। गत मे महिनामा मात्र इरानले सम्झौता भंग गर्दै युरिनियमको उत्पादन बढाउने बताएको थियो।

युरिनियम परमाणु हतियार तथा इन्धन बनाउनको लागि प्रयोग हुने गर्दछ। इरानले आफूले इन्धन बनाउनको लागि युरिनियम उत्पादन गर्ने बताएको छ। आफ्नो चाहना परमाणु हतियार बनाउने नभएको इरानको भनाइ छ।

परमाणु सम्झौताबाट अमेरिका अलग्गिएको एक वर्ष पुगेको अवसरमा इरानले आइतबार परमाणु सम्झौतमा समावेश चीन, फ्रान्स, जर्मनी, रुस तथा वेलायतलाई आफूलाई अमेरिकी प्रतिबन्धबाट बचाउन भन्दै ६० दिनको समय सीमा पनि तोकिदिएको छ।

यदी अमेरिकी प्रतिबन्ध थप भए। इरालने युरिनियम उत्पादन बढाउँदै लाने इरानको भनाइ रहेको छ। विदेशमन्त्री अब्बासले इरानले आइतबारदेखि नै ३.६७ प्रतिशतले युरिनियमको उत्पादन बढाउने बताएका छन्। इरानी अधिकारीहरुले यसअघि ५ प्रतिशतले उत्पादन बढाउने बताएका थिए।

युरिनियम उत्पादन ९० प्रतिशतले बढेको खण्डमा उक्त उत्पादन परमाणु हतियारको लागि प्रयोग हुने मान्यता छ। अब्बासले अमेरिकी प्रतिबन्ध हटे कुटनीति मार्फत् समस्या सुल्झाउन सकिने विकल्प दिएका छन्।

यस घोषणा सँगै इजरायलले इरानको आलोचना गरेको छ। इजरायलले भनेको छ,‘इरानले परमाणु हतियार बनाउन पाइला चाल्यो।’

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो र इरानी राष्ट्रपति हसन रुहानीबीच परमाणु सम्झौताको वार्ता र उत्पन्न समस्या सुल्झाउने छलफलको भोलिपल्टै इरानले युरिनियम उत्पादन बढाउने बताएको हो।

युरोपेली देशले चाहेमात्र परमाणु सम्झौता जोगिने राष्ट्रपति रुहानीको भनाइ छ।

सन् २०१५ मा इरानलाई परमाणु हतियार बनाउन प्रतिबन्ध गर्नका लागि अमेरिका, चीन, फ्रान्स, जर्मनी, रुस, वेलायतले इरानलाई सम्झौतामा राखेर परमाणु सम्झौता गरेका थिए।

सम्झौता अनुसार इरानले ३ देखि ४ प्रतिशतमात्र युरेनियम उत्पादन गर्न पाउने छ। हतियार बनाउनका लागि युरेनियम उत्पादन गर्न नपाइने सर्त छ। तर सन् २०१८ मा अमेरिका यस सम्भmौताबाट अलग्गियो। इरानमाथि आर्थिक प्रतिबन्ध लगाउन सुरु गर्यो।

परमाणु सम्झौताको जिम्मेवार देश अमेरिका सम्झौताबाट टाढिएपछि इरानले पछिल्लो समय युरेनियम उत्पादनमा जोड दिएको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .