खेल


प्रभावशाली जितसहित फाइनलमा पुग्ने नेपालको लक्ष्य

प्रभावशाली जितसहित फाइनलमा पुग्ने नेपालको लक्ष्य

नेपालखबर
असार २२, २०७६ आइतबार ८:३३,

किनारारा ओभल मैदानमा नेपाली समायानुसार खेल बिहान पौने आठ बजे सुरु हुनेछ। उक्त खेलमा नेपालको लक्ष्य प्रभावशाली जितसहित फाइनलमा पुग्ने रहेको छ।

मलेसिया तुलनात्मक रुपमा कमजोर भएकाले पनि नेपालले उक्त लक्ष्य बनाएको हो। नेपाल समूह ए को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो भने समूह बीको उपविजेताका रुपमा मलेसियाले नेपालसँगको भेट पक्का गरेको हो।

उपाधि दाबेदार टोली नेपालसँग सेमिफाइनलमै भेट होस् भन्ने आयोजक मलेसियाले चाहाना थिएन् तर लिग चरणको अन्तिम खेलमा हङकङसँग ३ रनको नमिठो हार ब्यहोरेपछि मलेसिया नेपालसँग जुध्न आइपुगेको हो।

सम्बन्धित समाचार: नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्ने

समूह ए का दुबै खेलमा नेपालले प्रभावशाली जितसहित सेमिफाइनलमा स्थान बनाएको हो। पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा सिंगापुरमाथि २ सय १७ रनको फराकिलो जित निकालेको थियो।

मलेसियाले थाइल्याण्डलाई १६ रन, भुटानमाथि २ सय ६० रनको जित हात पारेपनि अन्तिम खेलमा हङसँग ३ रनले हार ब्यहोरेको थियो।

२०१६ को डिसेम्बरमा भएको यू–१९ एसिया कपमा भने मलेसियाले नेपाललाई कडा टक्कर दिएको छ। मलेसियाले दिएको १ सय ५४ रनको सामान्य लक्ष्य भेटाउन नेपालले ९ विकेट गुमाउँनु परेको थियो। सन्दीप लामिछानेको कप्तानीमा रहेको उक्त टोलीमा अहिलेका कप्तान रोहितकुमार पौडेलसहित, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, अनिल साह, अविनाश कर्ण लगायतका खेलाडीहरु थिए।

cricketनेपाली ओपनरद्वय रित गौतम र पवन सर्राफ राम्रो लयमा छन्

त्यसपछि मलेसियासँग भएका चार भेटमा नेपालले सहजै जित हात पारेको छ। २०१७ को जुलाईमा भएको एसिसी यू–१९ छनौटमा यी दुई देशबीच दुईपटक भेट हुँदा दुबैपटक नेपालले ५ विकेटको जित हात पारेको छ।

सोहीवर्ष नोभेम्बरमा भएको एसिया कपमा मलेसियाले दिएको ४५ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर नै भेटाएको थियो।

दुई महिना अघिमात्रै गत अप्रिलमा आइसिसी यू–१९ एसिया छनौटमा नेपालले मलेसियामाथि ८ विकेटको जित हात पारेको थियो। मलेसियाले बनाएको ९२ रन नेपालले १३ ओभरमा २ विकेट गुमाएर भेटाएको थियो।

सेमिफाइनल अघि नेपाली युवा टोलीको मनोबल उच्च छ। टोलीका सदस्यहरु अफिसियल डिनरका क्रममा खुलेर नाचेको भिडियोहरु पनि सार्वजनिक भएको थियो।

rit gautamरितले सिंगापुरविरुद्ध शतक प्रहार गरेका थिए

‘किनारारा ओभल मैदानमा दुई खेल जितिसक्यौं। उक्त विकेटले कस्तो व्यवहार गर्छ थाहा भइसक्यो,’ कप्तान रोहित पौडेलले सेमिफाइनल अघि क्रिकेटिङ नेपालसँगको कुराकानीमा भने, ‘फ्ल्याट विकेट छ। सुरुका ओभरमा सिधासिधा खेल्छौं। र कमजोर बलमा चान्स लिन्छौं।’

चीन र सिंगापुर भन्दा मलेसिया बलियो टिम भएकाले आफूहरुले सेमिफाइनललाई सामान्य रुपमा नलिएको उनले बताए।

‘हामीले कसैलाई पनि सजिलो गरि लिएका छैनौं,’ उनले भने, ‘आफ्नो सामथ्र्यअनुसार खेल्नुपर्छ। सबै १४ जना राम्रा छन्। त्यसमध्येपनि सेमिफाइनलमा हामी उत्कृष्ट टिम खेलाउँछौं।’

यो पनि: सिंगापुरलाई २१७ रनले हराउँदै नेपाल समूह विजेता

नेपालका दुबै ओपनरहरु उत्कृष्ट लयमा छन्। चीनविरुछ पवन सर्राफ(४६) र रित गौतम(१०)ले नै सजिलो जित दिलाएका थिए। सिंगापुरविरुद्धको अर्को खेलमा ओपनरहरुले उत्कृष्ट खेललाई निरन्तरता दिए।

पहिलो विकेटका लागि ९२ रनको साझेदारी गर्ने क्रममा पवनले ४५ रन जोडे भने १ सय १५ रनको शतकीय पारी खेल्दै रितले यू–१९ क्रिकेटमा देखिएको चारवर्षदेखिको खडेरी तोडेका थिए।

यस्तै बलिङमा सागर ढकाल, कुशल मल्ल र तिलकराज भण्डारीले निरन्तर उत्कृष्ट प्रदर्शन दिइरहेका छन्। उनीहरुले मलेसियन ब्याट्सम्यानलाई सजिलै खेल्न नदिने निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .