समाज


कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

नेपालखबर
असार ९, २०८२ सोमबार १७:१४, काठमाडौँ

कपिलवस्तु नगरपालिका–८ पश्चिम दोहनीस्थित सडकमा ना.५ त ३१४० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेर सोमबार बिहान भएको दुर्घटनामा ट्रयाक्टरमा सवार सोही नगरपालिका–८ पश्चिम बेलहवा बस्ने ४० वर्षीया दुर्गावती कोरी समेत २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad