समाज


काठमाडौँ–तराई मधेस द्रुत मार्गको प्रगति ४१ प्रतिशत : मन्त्री राई

काठमाडौँ–तराई मधेस द्रुत मार्गको प्रगति ४१ प्रतिशत : मन्त्री राई

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८२ सोमबार १६:३८, काठमाडौँ

रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले कार्यान्वयन गरिरहेको काठमाडौा–तराई मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)को प्रगति ४१ प्रतिशत पुगेको जानकारी दिएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै मन्त्री राईले उपत्यका बाहेक तराईका जिल्लाहरुमा द्रुतमार्गका लागि जग्गा लिने प्रक्रिया सकिएको उल्लेख गर्दै अबको केही महिनाभित्रै उल्लेख्य प्रगति हुने विश्वास व्यक्त गरे।

सरकारले २०७४ सालमा नेपाली सेनाको जिम्मा लगाएको द्रुत मार्ग ८ वर्षमा ४१ प्रतिशत मात्र प्रगति रहेको छ। मन्त्री राईले बजेट अभावको कारण १८ वर्ष कटेका युवाहरुलाई नेपाली सेनाको लागि तयारी तालिम दिन नसकिएको समेत स्पष्ट पारे।

‘काठमाडौँ–तराई मधेस जाने फास्ट ट्र्याकको लगभग ४१ प्रतिशत काम सकिएको छ। सम्भवतः अबको केही महिनाभित्र त्यसको उल्लेख्य प्रगतिमा हामी पुग्नेछौँ,’ मन्त्री राईले भने, ‘म के जानकारी गराउन चाहन्छु भने काठमाडौँ बाहिरको तराईका सबै क्षेत्रको जमिनहरु लिने काम सबै सकिएको छ।’

उनले थपे, ‘यसका सबै प्रक्रियाहरु समाप्त भएको छ। त्यसैले अब जमिनको बारेमा विवाद आउला भन्ने कुरा समाप्त भएको छ। जलविद्युतहरुको सुरक्षा पनि नेपाली सेनाले गर्छ तर जलविद्युत निर्माण गर्ने कुरा गर्दैन।’

भविष्य नेपाल सरकारले निर्णय गरेको र आर्थिक रुपमा सबल भएको खण्डमा नेपाली सेनाले बम बनाउने योजना रहेको भएपनि तत्काल कुनै कार्य अगाडि नसारिएको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad