ad ad

समाज


शैली बदल्दै तस्करः बच्चाका ‘डाइपर’मा सुनैसुन

शैली बदल्दै तस्करः बच्चाका ‘डाइपर’मा सुनैसुन

नेपालखबर
असार २२, २०७६ आइतबार ८:१५,

 कतारको दोहाबाट आएका दुई यात्रुले ल्याएका डाइपरमा सुन भेटिएको छ।

त्रिभुवन विमानस्थलको चेकजाँच कक्षमा कतारबाट हिमालयन एयरलाइन्सबाट आएका  मोरङका लीलाबहादुर बस्नेतले र नवलपरासीका बीरबहादुर थारूले ल्याएका बच्चाको डाइपरमा सुन भेटिएको हो।

विमानस्थल प्रहरी र काठमाडौं परिसरको संयुक्त टोलीले आइतबार चेकजाँचका क्रममा  डाइपरमा सुन फेला पारेको प्रहरी जनाएको छ। परिसरकाे विशेष सूचनापछि कारबाही थालिएकाे हाे। 

यस्तै नेपाल वायु सेवा निगमकाे दाेहा उडानमा आएका नवलपरासीका बीरबहादुर थारूले पनि बस्नेतले जस्तै डाइपरमै सुन लुकाएर ल्याएका थिए। प्रहरीले दुबै भरिया भएकाे र सुन तस्कर समुहले प्रयाेग गरेकाे जनाएकाे छ।

sun 5

प्रहरीका अनुसार तीन वर्ष कतारमा बसेर फर्केका बस्नेतले ल्याएका डाइपरमा सुन भेटिएको हो।

‘डाइपर खोलेर हेर्दा ४ सय ग्राम सुन भेटिएकाे ’, महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले नेपालखबरसँग भने, ‘थप अनुसन्धान भइरहेकाे छ।’

sun 3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .