समाज


त्रिविका १० थरी सेवा असार १५ देखि अनलाइनबाटै

त्रिविका १० थरी सेवा असार १५ देखि अनलाइनबाटै

नेपालखबर
असार ६, २०८२ शुक्रबार १८:११, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले असार १५ गतेदेखि ट्रान्सक्रिप्ट र मार्कसिटसहितका १० वटा सेवा अनलाइनबाटै उपलब्ध हुने जानकारी दिएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी सो जानकारी दिएको हो। 

अनलाइन भुक्तानी सहितका सेवाहरू सफलतापूर्वक परीक्षण समेत भइसकेकोले मिति २०८२ असार १५ गतेदेखि निम्न बमोजिमका सेवाहरु विद्यार्थीको आफ्नै अनलाइन पटलबाट भरेर अनलाइनमाध्यामबाट प्राप्त गर्न सकिने विज्ञप्तिमा जनाइएको छ।

जसमा त्रिवि रजिष्ट्रेसन आवेदन फाराम, परीक्षा आवेदन फाराम, ट्रान्सक्रिप्ट आवेदन फाराम, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पूर्नयोगका लागि आवेदन फाराम, शैक्षिक कागजातमा नाम / थर / रजिष्ट्रेसन लगायत सच्चाउने फाराम, विभिन्न सिफारिस पत्रहरू, प्रमाणपत्रहरुको प्रमाणीकरण र प्रतिलिपी ट्रान्सक्रिप्ट र मार्कसिट रहेका छन्।

वार्षिक पाँच लाख विद्यार्थीहरूलाई लब्धाङ्कपत्र, ट्रान्सक्रिप्ट मूल प्रमाणपत्र, रजिष्ट्रेसन, माइग्रेसन लगायतका उपरोक्त १०प्रकारका सेवाहरू उपलब्ध गराउँदै आइरहेको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट पारेको छ।

त्रिविले शैक्षिक क्यालेण्डर लागू गरी परीक्षा प्रणालीलाई व्यवस्थित गर्दै समयमै नजिता प्रकाशन गर्ने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गर्दै फलस्वरुप हाल समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन भइरहेको जनाएको छ।

यस्तो छ विज्ञप्ति :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad