समाज


६१ किलो सुन तस्करी प्रकरण: पक्राउ परिन् अमला रोका

६१ किलो सुन तस्करी प्रकरण: पक्राउ परिन् अमला रोका

नेपालखबर
असार ६, २०८२ शुक्रबार १६:१७, काठमाडौँ

६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँको टोखाबाट आज शुक्रबार पक्राउ प्रवक्ता एसपी युवराज खड्काले नेपालखबरलाई जानकारी दिए। 

अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।  २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक-शुमा सुन रहेको सूचनापछि राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो।  

भन्सार जाँच भइसकेर छुटेको ब्रेकशुलाई नियन्त्रणमा लिँदा ६० किलो ७१६ ग्राम सुन भेटिएको थियो। तत्कालीन अवस्थामा दिलिप भुजेलको नाममा दर्ता भएको रेडी ट्रेड प्रालिले ब्रेकशु मगाएको अनुसन्धानमा खुलेको थियो। 

यसबाहेक पनि पटकपटक चीनबाट विभिन्न सामानभित्र राखेर सुन तस्करी गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। भन्सार विभागले सुरुवाती अनुसन्धान गरे पनि पछि यसको अनुसन्धान सीआईबीले गर्दै आइरहेको छ।   

दावालाई राजश्व अनुसन्धान विभागको टोलीले २०८० साउन १४ गते पक्राउ गरेको थियो। तर अमला फरार थिइन्। अमला माओवादीको रोल्पा-काठमाडौँ सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्। 

पक्राउ परेकी अमलालाई प्रतिवादी बनाउँदै पहिल्यै अभियोगपत्र दायर भइसकेकोले सिधै अदालत पेस गरिनेछ। उनलाई आइतबार अदालत पेस गरिने प्रवक्ता खड्काले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad