झापामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। झापा गाउँपालिका-४ चौधरी टोलस्थित सडकमा पन्थपाडाबाट झापा बजारतर्फ जाँदै गरेको अन टेस्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय साहिदुल हकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको पनि बिएण्डसी अस्पतालमा र सोही मोटरसाइकलमा सवार अर्का १ जनाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ।
207
Shares

प्रतिक्रिया