समाज


आज काठमाडौँसहित ५६ जिल्लामा बाढीको जोखिम, २२ वटाका लागि ‘एल्लो अलर्ट’

आज काठमाडौँसहित ५६ जिल्लामा बाढीको जोखिम, २२ वटाका लागि ‘एल्लो अलर्ट’

फाइल तस्बिर


नेपालखबर
असार ६, २०८२ शुक्रबार ९:३९, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ६, शुक्रबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। 

बाढी महाशाखाले जारी गरेको बुलेटिनअनुसार आजसमेत ३ दिन कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला. बागमती र बबई नदीको सतर्क व तलै रहने भएपनि बढ्छे रहने तथा कोशी, नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता आवश्यक देखिन्छ।

यस्तै आज संखुवासभा, खोटाङ, ओगोखलढुंगा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, बाँके, बर्दिया, दाङ, सल्यान, रोल्पा, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। यी २२ जिल्लाका लागि महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ।

यस्तै आज इलाम, झापा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, उदयपुर, धनुषा, महोत्तरी, तनहुँ, पर्वत, म्याग्दी, पर्सा, चितवन, नवलपुरपूर्व, नवलपुरपश्चिम, गुल्मी, प्युठान, रोल्पा, सुर्खेत, अछाम, दैलेख, दार्चुला र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीमा बहाब सामान्य बढ्ने अनुमान रहेकाले उक्त नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन बाढी महाशाखाको सल्लाह छ।

समग्रमा आज देशका ५६ जिल्लामा बाढीको जोखिम देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad