काठमाडौँको दक्षिणकाली नगरपालिका ५ स्थित फर्पिङ चेकपोस्टबाट ठूलो परिमाणमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रौतहटको गरौडा नगरपालिका ९ रघुनाथपुर बस्ने वर्ष २९ को राज किशोर सहनी र रौतहटकै गौर नगरपालिका ४ टिकुलिया बस्ने वर्ष २८ को सुखारिस सहनी रहेका जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
मंगलबार अपरान्ह फर्पिङ चेकपोस्टमा चेकजाँच गर्ने क्रममा हेटौँडाबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ५४३७ नम्बरको टाटा सुमो गाडीमा सवार उनीहरूलाई लुकाई छिपाई ल्याएको २९३० एम्पुल लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरू उपर काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१. फेनार्गन- ९६० एम्पुल
२. नुफिन- ५०० एम्पल
३. डाइजेपाम- ९८३ एम्पुल
४. बुप्रिनोफिन- ४८७ एम्पुल
Shares

प्रतिक्रिया