समाज


६ महिना जेल सजाय सुनाइएका रोनाल्डिन्हो ३२ दिनमै भए रिहा

६ महिना जेल सजाय सुनाइएका रोनाल्डिन्हो ३२ दिनमै भए रिहा

नेपालखबर
चैत २६, २०७६ बुधबार ५:९,

ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड फरवार्ड रोनाल्डिन्हो जेलबाट रिहा भएका छन्।

नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा रोनाल्डिन्होसँगै उनका दाइ रोबर्टोलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो।

यसअघि ६ महिनाको जेल सजाय सुनाइए पनि उनीहरूलाई ३२ दिनपछि नै रिहा गरिएको हो।

न्यायधीश गुस्ताभो अमरिल्लाले मुद्दाको फैसला नभएसम्म उनीहरूलाई एक होटलमा बस्न सक्ने गरी जेलबाट रिहा गरिएको बताएका छन्।

तारेखमा छुट्नको लागि १.६ मिलियन डलर तिर्न नसकेपछि उनीहरू जेल बस्न बाध्य भएका थिए।

४० वर्षीय रोनाल्डिन्होले सन् २०१५ मा फुटबलबाट सन्न्यास घोषणा गरेका थिए। सन् २००२ को विश्वकप फाइनलमा रोनाल्डिन्होकै २ असिस्टमा रोनाल्डो नाजोरियोले दुई गोल गरेका थिए।

सो विश्वकपमा जर्मनीलाई २-० ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको थियो। उनले एक बालोन डि ओर र दुईपटक फिफा वल्ड प्लेयर अफ दि इयरको अवार्ड समेत जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad