समाज


असार १ को राशिफल: मेषलाई यात्राको योग, मिथुन घर व्यवहारको समस्यामा अल्झिने, तपाईँको के?

असार १ को राशिफल: मेषलाई यात्राको योग, मिथुन घर व्यवहारको समस्यामा अल्झिने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
असार १, २०८२ आइतबार ४:९, काठमाडौँ

आज आइतबार, १ असार २०८२ (१५ जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। बोलीको भरमा सङ्कल्प सिद्ध हुनसक्छ। शुभ समाचार सुन्नमा आउला। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५९, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ८० र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२ यात्राको योग ७० र सम्पूर्ण भाग्यांक ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

वृष: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।

भाग्यशाली रङ पर्पल र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५६ र सम्पूर्ण भाग्यांक ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।   

मिथुन: घर व्यवहारको समस्याले सताउनेछ। मनमा दुबिधा उत्पन्न हुनेछ। स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ। बाहिरी गफगाफमा भुलिँदा व्यापारव्यवसायमा असर पर्न सक्छ।  पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ आकाशे र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ५९ रहेको छ। प्रेम र सम्बन्धमा ४६ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ३९ र सम्पूर्ण भाग्यांक ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कर्कट: विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ।  

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५०, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ५० र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ७५ र सम्पूर्ण भाग्यांक ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।    

सिंह: पुनर्मिलनको योग रहेको छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। सामाजिक उत्तर दायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ। नयाँ र शुभ समाचार पनि सुन्न पाइएला।

भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५५, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८२, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। छल कपट नगर्ने।     

कन्या: भक्ति र सेवा भाव बढेर जानेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। शुभ चिन्तकले पूर्ण साथ दिनेछन्। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्, तर सरकारी निकायको भय रहनेछ, अत: सावधान रहनुहोला।

भाग्यशाली रङ रातो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७,  सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ७४% प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्यांक ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पनि दिने। खैरो रङको प्रयोग नगर्ने।

तुला: राम्रै काम गरेपनि कार्यमा अवरोध आउला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ। पुँजी बजारले पनि साथ नदेला। साँझमा भने प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।

भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३८, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ६४ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३४ र सम्पूर्ण भाग्यांक ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रातो वस्त्र धारण गर्ने। झुट नबोल्ने।

वृश्चिक: आफन्तको सहयोग प्राप्त हुनेछ। नयाँ लक्ष्यप्राप्तिको योग देखिन्छन्।  कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ  । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय छ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्।

के नगर्ने ? - सजिलै अरुको विश्वास नगर्ने। भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७५ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने।

धनु: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ, तर पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६८, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ६२ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ६५ र सम्पूर्ण भाग्यांक ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। निलो रङको प्रयोग नगर्ने।  

मकर: धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। मन पर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। कृषि क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ गुलाबी र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७०, सेयर बजारमा  ५१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्यांक ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कालो वस्त्र धारण गर्ने। रातो रङको प्रयोग नगर्ने।  

कुम्भ: दिन माध्यम नै रहनेछ। वैदेशिक कार्यमा सफलता पाइएला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ। मनमा दुबिधा उत्पन्न हुनेछ। साँझमा पैसा खर्च पनि हुन सक्छ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ५४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४३ र सम्पूर्ण भाग्यांक ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।   

मीन: स्वादिष्ट भोजन पाइनेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार पाइनेछ, तर विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७१, सेयर बजारामा ५५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्यांक ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad