सुनको मूल्य आज उच्च वृद्धि भएको छ। प्रतितोला चार हजार दुईसय रुपैयाँ बढेर सुनको मूल्य एकलाख ९७ हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँ बढेर एक लाख ९२ हजार नौसय रुपैयाँ कायम भएकाे थियाे।
गएको बुधबार पनि सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँ बढेको थियो। आइतबार तोलामा तीन हजार, सोमबार एकसय र मंगलबार ६ सय रुपैयाँ घटेको सुनको मूल्य त्यसयता निरन्तर बढ्दै आएको छ।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर दुई हजार एकसय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
2.7k
Shares

प्रतिक्रिया