समाज


राशिफल २७ जेठ: तुलालाई वाहन लाभ, मिथुनको मनको बोझ हट्ने, तपाईँको के?

राशिफल २७ जेठ: तुलालाई वाहन लाभ, मिथुनको मनको बोझ हट्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ २७, २०८२ मंगलबार ४:३८, काठमाडौँ

आज मंगलबार, २७ जेठ २०८२ (१० जुन २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। वैदेशिक क्षेत्र कमजोर रहनेछ। घरायसी व्यवहारबाट टाढै बस्नु राम्रो होला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृष: चलाखीपूर्ण बोलीले काम बन्ला। अध्ययनमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। घरमा अतिथिको आगमन होला। आफन्तको प्रगतिमा मन रमाउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मिथुन: मनको बोझ हट्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ला। धन सञ्चयको अवसर प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका काम सुचारु हुनेछन्। अग्रजहरूको अनुभवअनुसार अवसर पहिल्याउन सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

कर्कट: कसैले सापटी लगेको रकम फिर्ता पाइनेछ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्ला। महिला वर्गबाट विशेष सहयोग हुनेछ। मानसम्मानसमेत प्राप्त होला।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिको सुझाव लिने। खरानी रङको प्रयोग नगर्ने।

सिंह: सुखदुःख बराबरी रहनेछ। प्रतिस्पर्धीसित सतर्क रहेकै राम्रो। एउटै कामलाई दोहोर्‍याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ। मेहनतीहरूका लागि दिन फलदायी नै छ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कन्या: श्रमको उचित मूल्याङ्कन हुनेछ। समाजसेवामा मन लाग्नेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ। वित्तीय संस्था र सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ। नयाँ कामको थालनी हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

तुला: चलाखीपूर्ण बोलीले आँटेको काम सम्पन्न हुनेछ। धार्मिक यात्रा होला। आँटे-ताकेको पूरा हुनेछ। मङ्गल कार्यको योग छ। सन्तान सुख मिल्ला। वाहन लाभ हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृश्चिक: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। घुमफिरमा आकर्षण बढ्नेछ। सामाजिक कार्यमा सरिक भइनेछ। व्यवसायका लागि यात्राको सम्भावना छ। महिला वर्गबाट विशेष सहयोग मिल्ला।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

धनु: शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। नाक तथा घाँटीमा समस्या आउला। सामान हराउनसक्ने देखिन्छ, सचेत रहनुहोला। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ। साँझमा केही सहयोग भने मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मकर: बन्धु बान्धवबाट सहयोग मिल्नेछ। शुभचिन्तकले पूर्ण समर्थन गर्नेछन्। रोकिएको काम आजको प्रयत्नमा सफल हुन सक्छ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। स्वास्थ्यमा सुधार आउला।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: आफन्तसँग रमाइलो भेटघाट हुनेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। प्रेमीबाट सहयोग मिल्नेछ। सेयर बजारको लगानीले राम्रै फाइदा दिनेछ। वैदेशिक कार्य सहज रूपले अघि बढ्ला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: रोजगारीको अवसर मिल्नेछ। पुरानो समस्या सुल्झिनेछन्। वैदेशिक कार्य अघि बढ्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। प्रेममा सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ घ्यू रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad