समाज


पौडी खेल्ने क्रममा बेगनास तालमा ४३ वर्षीय पुरुष बेपत्ता, सशस्त्रको गोताखोरले सुरु गर्‍यो खोजी

पौडी खेल्ने क्रममा बेगनास तालमा ४३ वर्षीय पुरुष बेपत्ता, सशस्त्रको गोताखोरले सुरु गर्‍यो खोजी

नेपालखबर
जेठ २६, २०८२ सोमबार १०:९, काठमाडौँ

पौडी खेल्ने क्रममा कास्कीको बेगनास तालमा बेपत्ता भएका एक व्यक्तिको गोताखोरले खोजी सुरु गरेका छन्।

आइतबार साँझ पोखरा महानगरपालिका- ३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका- ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए।

श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भएपश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो।

गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले बेपत्ता श्रेष्ठको खोजी गरिरहेको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad